त्रिकोणात्मक सिरिज : नेपालले भोलि यूएईविरुद्ध खेल्ने

  • प्रकाशित मिति : २०८० आश्विन ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई) र हङकङसम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलिबाट काठमाडौँमा सुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा नेपालले भोलि यूएईविरुद्ध खेल्नेछ । नेपाल र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १ बजेबाट सुरु हुनेछ ।



काठमाडौँमै आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअघि तयारीस्वरुप नेपालले यो सिरिज आयोजना गरेको हो ।

सिरिजको दोस्रो खेलमा नेपालले बिहीबार हङकङविरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल पनि हङकङविरुद्ध शनिबार तथा चौँथोँ खेल यूएईविरुद्ध सोमबार खेल्नेछ ।