काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

  • प्रकाशित मिति : २०८० आश्विन ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ ।

म‌गलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो ।



दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका-७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ ।

दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए । उनीहरूको उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो ।

प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।