लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड-१९ को महामारी साम्य भएपछि लिने भएको छ।
लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ।
लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारी शान्त भएपछि लिइने बताइन्। आजको राजधानी दैनिकमा खबर छ।