राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

  • प्रकाशित मिति : २०८० मंसिर ३०, शनिबार
  • नेपाल टेल संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान उनीहरूबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।