वितरण गर्न लगिएको ४६ पिस ज्याकेट हरायो, भेट्‌नेलाई १५ हजार पुरस्कार दिने पल शाहको घोषणा

  • प्रकाशित मिति : २०८० माघ १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

जाजरकोटका भूकम्प पीडितका लागि वितरण गर्न लगिएको ज्याकेट हराएको छ ।

अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।



‘हिजो राति जाजरकोट छेडाबाट जुनिचाँदे आउने बाटोमा निशुल्क बाँड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुँदा भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेका छन्, ‘भेटाउनु हुने व्यक्तिलाई रु १५ हजार पुरस्कार दिइनेछ ।’