मधेश प्रदेश प्रहरी प्रमुख पोखरेलद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : २०८० माघ २३, मंगलवार
  • नेपाल टेल संवाददाता

मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलले निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गरेका छन् ।

सोमबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटकाे निरीक्षण गरेका हुन् ।



निरीक्षण तथा अवलोकन पश्चात् यस कार्यालय मातहत सम्पूर्ण प्रहरी इकाइका प्रमुखहरू तथा यस कार्यालयमा कार्यरत सबैलाई आवश्यक नीति निर्देशन समेत दिएका छन् ।