कोरोनाको संक्रमणले त्रस्त पर्साको वीरगन्जमा शंकास्पद बस्तु फेला परेको छ। शनिबार साँझ पर्साको वीरगन्जस्थित प्रतिमा चोकमा शंकास्पद बस्तु फेला परेको हो ।
प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले नेपाल आयल निगमको क्षेत्री कार्यालय नजिकै शंकास्पद बस्तु फेला परेको जानकारी दिए । उनले शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
कोरोनाभाइरसको संक्रमणले त्रस्त वीरगन्जमा फेरि शंकास्पद बस्तु फेला परेको हो । पर्सामा हालसम्म ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।