काठमाडौं । हुलाक टिकट नेपालमै छपाइ सुरु भएको छ । २०१६ सालदेखि विदेशमा छाप्ने गरिएको हुलाक टिकट ६४ वर्षपछि नेपालमै प्रकाशन सुरु भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पहलमा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले स्वदेशमै हुलाक टिकट छाप्न सुरु गरेको हो ।
यसैबीच मन्त्री शर्माले जनक शिक्षाले छापेको शहीद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानको मुखाकृत हुलाक टिकटमा टाँचा लगाएकी छन् ।
यससँगै ती टिकटहरु प्रचलनमा आएको सञ्चारमन्त्री शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।