पछिल्लो समयमा सशस्त्र प्रहरी, नेपाल प्रहरीमा जागिरबाट राजीनामा दिने क्रम बढेको छ ।
सशस्त्र प्रहरी बलको कुरा गर्ने हो भने, पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत झन्डै १० हजार जना कर्मचारीले राजीनामा दिएका छन् ।
सशस्त्रको तथ्यांक अनुसार, पछिल्लो १० वर्षमा ९ हजार २ सय ४९ जनाले राजीनामा रोजेका छन् । बर्षको एक हजार कर्मचारीले राजनीनामा दिनु निकै ठूलो संख्या रहेको सुरक्षासँग जानकारहरु बताउँछन् ।
चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
यो वर्ष २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा सबैजना प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी रहेका छन् ।
प्रहरी सेवामा पाइने सेवा सुविधा भन्दा अन्यत्र विभिन्न क्षेत्रमा आकर्षक अवसर पाएर राजीनामा दिने क्रम बढेको अनुमान गरिएको छ ।