काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नरेन्द्रप्रसाद साहको जाहेरीअनुसार ६ करोड ४० लाख रुपैयाँ ठगी गरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध जोहरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, पक्राउ पर्ने डरले लुक्दै हिँडेका उनी सोमबार जिल्ला प्रहरी परिसर, भद्रकालीबाट खटिएका प्रहरीको फन्दामा परेका हुन् ।
उनका विरुद्ध आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।