सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

  • प्रकाशित मिति : २०८२ श्रावण १४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको अरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।

काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।



अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।