रास्वपाका सांसद स्वर्णिम वाग्ले ‘डिप फेक’को सिकार, उजुरी दिन साइबर ब्युरो जाँदै

  • प्रकाशित मिति : २०८२ भाद्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।



वाग्लेले सो कार्यको विरुद्धमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा दिउँसो २ बजेर १५ मिनेटमा पुग्ने बताइएको छ ।