दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

  • प्रकाशित मिति : २०८२ भाद्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।

केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए ।