यी हुन् ट्रमा सेन्टर पुर्‍याइएका ५० जना घाइते (नाम-ठेगानासहित)

  • प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म १४ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले बताएको छ । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु भएको छ ।

सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । केही मृतकको ठेगाना खुलेपनि नाम खुलेको छैन । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।



प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन ।

घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।

यी हुन् ट्रमामा पुर्‍याइएका घाइतेहरू