सुशीलाको मन्त्रिपरिषद्‌मा अर्याल र कुलमान मन्त्री बन्ने ?

  • प्रकाशित मिति : २०८२ भाद्र २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ ।

हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । अहिले राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए ।



त्यसैगरी, घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका थिए ।