खण्डहर सिंहदरबारभित्र नवनियुक्त प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न तम्तयार भवन

  • प्रकाशित मिति : २०८२ भाद्र २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएसँगै अब देशको शासन सत्ता सिंहदरबार भित्रको एक नवनिर्मित भवनबाट सम्हाल्ने छिन्।

गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयको रुपमा प्रयोग गर्ने तयारी छ।



सिंहदरबारभित्र प्रधानमन्त्रीको कार्यालय लगायत विभिन्न मन्त्रालय भवनहरू भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त छन्।

प्रधानमन्त्री कार्कीले अब गृह मन्त्रालयका लागि बनाइएको यसै भवनबाट कार्यभार सम्हाल्नेछिन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कार्कीलाई आन्दोलनरत जेन्जी समूहले सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा अघि सारेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए।