काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्री भएकी सुशीला कार्कीलाई अहिले बधाई थाप्न भ्याईनभ्याई छ ।
सपथ ग्रहणमा पूर्व प्रधानमन्त्रीहरू मध्ये बाबुराम भट्टराईबाहेक कोही आएनन् । सभामुख र राष्ट्रिय सभा अध्यक्ष नआएपनि कार्कीलाई जेनजी समूहले शीतल निवासमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
प्रधानमन्त्रीलाई बधाई दिन रास्वपाकी सांसद तथा पूर्वमन्त्री सामना श्रेष्ठ पनि शीतल निवास पुगेकी थिइन् ।