अवरुद्ध भएको ५४ घण्टापछि खुल्यो मुग्लिङ-नारायणगढ सडक

  • प्रकाशित मिति : २०८२ आश्विन ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । तुइनखोलामा ठुलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड ५४ घण्टापछि सञ्चालनमा आएको छ ।

यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि पूर्णरूपमा अवरुद्ध सडक बिहीबार राति साढे १० बजेदेख दुईतर्फी रूपमा नै सुचारु भएको हो ।



पहिरो पन्छाउने काम बुधबार बिहानबाट मात्र थालिएको थियो ।

बिहीबार साँझको समयमा पनि फ्लडलाइट बालेर पहिरो हटाउने कार्य जारी राखिएको थियो ।

१६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरुको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।