सरकारले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले देशभर निरन्तर भारी वर्षा भइरहेका कारण र दशैं मनाउन कर्मचारीलगायत सर्वसाधारण घरमै रोकिएका परिस्थितिलाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार निर्णय भइसकेको र गृह मन्त्रालयले छिट्टै सूचना मन्त्रालयको वेबसाइटमार्फत आइतबार र सोमबार दुवै दिनका लागि सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गरेको छ।