नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापति तोकेका हुन्।
देउवा निकट स्रोतका अनुसार, उनी भोलि उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।
देउवा सिंगापुर प्रस्थान गरेपछि बाँकी केन्द्रीय समिति बैठक पनि कार्यवाहक सभापति खड्काले सञ्चालन गर्ने भएका छन्।