नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।
उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए ।