बञ्चरेडाँडामा अवरोध, काठमाडौं महानगरको आग्रह – फोहोर घरभित्रै राख्नुस्

  • प्रकाशित मिति : २०८२ कार्तिक १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन अवरुद्ध भएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले आफ्नै कम्पाउन्डभित्र राख्न आग्रह गरेको हो।



‘अर्को सूचना जारी नभएसम्म घरबाट निस्कासन हुने फोहोर–मैला घर वा कम्पाउन्डमा सुरक्षित तवरले राख्नुस्, जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुस्,’ सूचनामा भनिएको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोधका कारण हाल काठमाडौं उपत्यकामा फोहोर संकलन र ढुवानी कार्य स्थगित भएको महानगरले जनाएको छ।