डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल, महाधिवेशन छिट्टै हुनुपर्ने पक्षमा

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग भेटघाट र छलफल गरेका छन्।

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित उक्त भेटघाटमा उपत्यकामा रहेका आफूनिकट जिल्ला सभापतिहरू सहभागी रहेका थिए।



पार्टीभित्र हाल देखिएको विवादका विषयमा छलफल गरिएको एक केन्द्रीय सदस्य जानकारी दिए। उनका अनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै पूर्वसभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए।

छलफलका क्रममा नेता कोइरालाले पार्टीको नियमित महाधिवेशन आगामी निर्वाचनअघि नै हुनुपर्ने आफ्नो धारणा सहभागीहरूसमक्ष प्रस्तुत गरेका थिए।