अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो ।

यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।



प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।