झण्डै २१ करोड बक्यौता बुझाउन निगमलाई प्राधिकरणको पत्र

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले झण्डै २१ करोड बक्यौता बुझाउन भन्दै नेपाल वायु सेवा निगमलाई पत्राचार गरेकाे छ ।

शुक्रबार प्राधिकरणले २० करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ यथाशीघ्र कार्यालयलाई भुक्तानी गर्न भन्दै वायु सेवा निगमलाई पत्राचार गरेकाे हाे ।



भुक्तानी नगरिए नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को ३३ बमोजिम कानुनी कारबाही गरिने समेत जारी पत्रमा उल्लेख गरिएको छ ।

यसअघि पनि प्राधिकरणले बक्यौता बुझाउन भन्दै निगमलाई पत्राचार गरेकाे थियाे ।