रानी–जोगवनी नाका ३ दिनलाई बन्द

  • प्रकाशित मिति : २०८२ कार्तिक २२, शनिबार
  • नेपाल टेल संवाददाता

विराटनगर । स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।

भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि आज शनिबार बेलुकाबाट ७२ घण्टाका लागि सीमा नाका नाका गर्ने भएको हो ।



मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ । भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।