यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार
  • नेपाल टेल संवाददाता

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले एमसीए नेपालले निर्माण गर्ने ४०० केभी क्षमताको विद्युत प्रसारण लाइनका लागि आवश्यक क्षेत्र निर्धारणसम्बन्धी निर्णय पनि गरेको छ। निर्णयअनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने प्रसारण लाइनको मध्यरेखाबाट दायाँ–बायाँ २३ मिटर भित्र पर्ने करिब १ हजार ३८१ हेक्टर क्षेत्रफलमा कुनै पनि प्रकारको संरचना निर्माण गर्न वा रुख रोप्न निषेध गरिएको छ।



सरकारका अनुसार उक्त निर्णय प्रसारण लाइनको सुरक्षित सञ्चालन र भौतिक पूर्वाधारको दीर्घकालीन सुरक्षाका लागि गरिएको हो।