खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच मंगलबार राति सहमति भएको छ । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने र संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए ।
०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए ।