आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले राष्ट्रियसभाका लागि मंसिर १-७ र प्रतिनिधिसभाका लागि मंसिर १-१० सम्म दल दर्ता खुला गरेको हो ।


आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ । त्यस्तै प्रतिनिधिसभा सदस्यको लागि फागुन २१ मा चुनाव हुनेछ ।
निर्वाचनमा भाग लिन चाहने दलहरूले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न भनेको छ । आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।