भारतबाट झापा आएका एक जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • नेपाल टेल संवाददाता

झापामा थप एक जनामा कोरोना देखिएको छ। योसहित संक्रमितको संख्या ३५८ पुगेको छ।

केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।