पछिल्लो पटक धनुषामा फेला परेका कोरोना संक्रमित काठमाडौंमै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका एक जना कोरोना संक्रमित फेला परेको जनाएको छ ।
घर धनुषा भए पनि उनी काठमाडौंको त्रिपुरेश्वरमा बस्दै एक निर्माण कम्पनीमा काम गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनलाई त्यहीं आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।