प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार आमन्त्रण गरेकी छन् । आयोगका तथ्यांक अनुसार हालसम्म १२५ दल दर्ता भइसकेका छन् भने १८ दल दर्ता प्रक्रियामा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे बोलाइएको बैठक सरकारका काम, कारबाही र आगामी प्राथमिकताबारे जानकारी दिन आयोजित गरिएको प्रधानमन्त्रीकी प्रेस संयोजक रामबहादुर रावलले बताएका छन् ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु नै कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी रहेको र आजको छलफल चुनावमै केन्द्रित हुने रावलले जानकारी दिए ।
निर्वाचन आयोगमा दर्ता भइसकेका दलहरूले भने चुनावका लागि पुनः दल दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । आयोगले यसका लागि मंसिर १० गतेसम्म समय तोकेको छ ।