आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज निर्वाचन आयोगमा दल दर्ता गरेका छन्।
एमालेका तर्फबाट निर्वाचन विभाग प्रमुख निरज आचार्यले र राप्रपाका तर्फबाट केदारबहादुर अधिकारीले आयोगमा दल दर्ताको निवेदन बुझाएका हुन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय तोकेको छ। एमाले र राप्रपाले दर्ता गराएसँगै हालसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ६६ पुगेको आयोगले जनाएको छ।
यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै निरन्तर आवाज उठाउँदै आएको एमालेले आजै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।