निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

  • प्रकाशित मिति : २०८२ मंसिर १०, बुधबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई समयमै निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।



उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरेको गरेको बताए । उनले दण्डहीनता स्वीकार्य नहुने चेतावनी पनि दिए ।

उनले भने, ‘सुशासनको आधार तयार बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं । हाम्रा छोराछोरीले हाम्रो कार्यशैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न । त्यसैले आफ्नो अभिव्यक्ति दिँदा सबैले त्यसतर्फ ध्यान दिनुपर्छ ।’