कुलमानले गरे रामेछापबाट काठमाडौं–३ मा बसाईसराई, मन्त्रीबाट छिट्टै राजिनामा दिँदै

  • प्रकाशित मिति : २०८२ मंसिर १३, शनिबार
  • नेपाल टेल संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले रामेछापबाट काठमाडौं क्षेत्र नं–३ मा बसाईसराई गरेका छन् ।

घिसिङले रामेछापबाट बसाई सारेसँगै मतदाता नामावली पनि काठमाडौं–३ बाटै लिएका छन् ।



साथै, उनले मन्त्री पदबाट पनि छिट्टै राजिनामा दिने तयारी गरेकाे स्रोतले सुनौलो नेपाललाई बतायो । उनी अब काठमाडौं–३ बाटै आगामी प्रतिनीधिसभा सदस्यको निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।

यससँगै उनी अब आगामी फागुन २१ गते हुने निर्वाचका लागि चुनावी अभियानमा होमिने छन् ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका उनी जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सहित मन्त्री बनेका थिए ।

कार्यकारी निर्देशक हुँदा र हाल सरकारमा हुँदा गरेका कामका कारण उनी जनतामाझ निकै लोकप्रीय छन् ।

उनले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टीसमेत निर्वाचन आयोगमा दर्ता गराईसकेका छन् । उक्त पार्टीको यही मंसिर १७ गते घोषणा हुँदैछ ।