काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ । आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरको सिभिल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा उनको पिसाबमार्फत सुरु भएको संक्रमण शरीरभरि फैलिएको चिकित्सकले बताएका छन् । अवस्था जटिल बन्दै गएपछि अन्ततः सोमबार उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
शाहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत सोमबार बिहान अस्पताल पुगेकी थिइन् ।