लन्डन। लन्डनमा सडक दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले चन्दा संकलनमार्फत ३ हजार ३ सय १० पाउण्ड आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
अध्यक्ष निकेश लिम्बु र महासचिव वल्लभ गुरुङले रिडिङमा उनका बुबा–आमालाई सहयोग रकम दिएका हुन्। समाजले मानवीय तथा नेपाली समुदायप्रतिको दायित्वका रूपमा यो सहयोग गरेको बताइएको छ।
युविन तामाङको गत १८ अक्टोबरमा इष्ट लन्डनस्थित इल्फोर्डमा बीएमडब्ल्यु कारको ठक्करबाट गम्भीर घाइते भई अस्पतालमा निधन भएको थियो।
दुर्घटनापछि चालक गेट्स फरार भए पनि पछि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।