गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
उनीमाथि प्रभु बैंक लिमिटेड नोक्सानीमा संलग्न भएको आरोप छ । साथै अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप पनि उनीमाथि छ ।
सिआइबीले उनीहरूमाथि बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
यसअघि सिआइबीले प्रभु बैंककै सिइओसहित तीन जनालाई पक्राउ गकेको थियो ।