जेन-जी आन्दोलनपछि पहिलो पटक ओली र देउवाबीच भेटवार्ता

  • प्रकाशित मिति : २०८२ मंसिर १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छन् ।



गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेट भएको हो ।

भेटमा समसामयिक छलफल र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।