दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

  • प्रकाशित मिति : २०८२ मंसिर २१, आईतवार
  • नेपाल टेल संवाददाता

दार्चुलाको घुसालाई केन्द्रविन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहानै आएको कम्पन दार्चुलासहित आसपासका जिल्लामा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो।

हालसम्म भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ। स्थानीयवासीले बिहानै हल्का धक्का महसुस भएको प्रतिकृया दिएका छन्।