नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका बेला विरोधको सामना गर्नुपरेको छ । सदरमुकाम खलंगामा उनलाई कार्यकर्ताहरूले कालोझण्डा देखाएका हुन् ।
आज बिहान नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट खलंगा पुगेका शर्मा विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरूले विरोधस्वरूप कालोझण्डा देखाएका थिए । स्थितिलाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो ।
विरोधका कारण वातावरण केही तनाबपूर्ण बने पनि सुरक्षा व्यवस्थाका कारण कुनै अप्रिय घटना भने घटेको छैन।