प्रधानमन्त्री ओलीको भारतलाई प्रश्न- ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसमक्ष प्रश्न राख्दै भन्नुभएको छ, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको अडान दोहोर्याउदै उहाँले सत्यमा विश्वास राख्ने भारतले नेपालको त्यो भूमिमाथिको सत्यतालाई स्वीकार्नुपर्ने बताउनुभयो ।



प्रधामन्त्री ओलीले नेपालको भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नरहने अडान प्रष्ट पार्दै नेपाली भूमिमाथि कसैको दाबी नेपाललाई स्वीकार्य नहुने बताउनुभएकाे हाे ।