नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिड्ने भएका छन् ।
जारी एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको हो ।
केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
