नोबेल मेडिकल कलेजको ५ तला माथि भवनबाट खसेर डाक्टरको मृत्यु

  • प्रकाशित मिति : २०८२ पुष ६, आईतवार
  • नेपाल टेल संवाददाता

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक डाक्टरको मृत्यु भएको छ।

मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टर अमित यादवको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।



सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव अस्पतालमा इन्टर्नका रूपमा कार्यरत थिए। पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको भए पनि ज्यान जोगाउन सकिएन। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।