साढे ८ महिनापछि आज घण्टीघर प्रवेश गर्दै रवि लामिछाने

  • प्रकाशित मिति : २०८२ पुष ६, आईतवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे ८ महिनापछि आज (पुस ६ गते) पार्टीको केन्द्रीय कार्यालय प्रवेश गर्दै छन्।

सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा करिब पौने ४ करोड रुपैयाँ धरौटी बुझाएर शुक्रबार (पुस ४ गते) नक्खु कारागारबाट रिहा भएका लामिछानेलाई आज काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भित्र्याउन लागिएको हो।



रास्वपा प्रवक्ता मीनष झाले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको जानकारी दिए।