राप्रपा र राप्रपा नेपालबीच दुई वाक्यको सहमति, लिङदेन र थापाको अंकमाल

घोषणा सभा पुस १६ गते काठमाडौंमा हुने

  • प्रकाशित मिति : २०८२ पुष ९, बुधबार
  • नेपाल टेल संवाददाता

राप्रपा र राप्रपा नेपालबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । सहमतिपत्र केवल दुई वाक्यको छ ।

आज राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।



सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

सहमतिपत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एकअर्कालाई अंकमाल गरेका थिए ।