निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेका थिए।
आयोगद्वारा जारी विज्ञप्तिमा मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण समेटेर अन्तिम नामावली प्रकाशन गरिएको उल्लेख गरिएको छ।

प्रकाशित अन्तिम मतदाता नामावली अनुसार पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला मतदाता ९२ लाख ४० हजार १३१ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। यो संख्या अघिल्लो निर्वाचनको तुलनामा १५ ले वृद्धि भएको आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जानकारी दिएको छ।