रास्वपा र उज्यालो नेपालबीच सहमति जुट्यो, हस्ताक्षरको तयारी

  • प्रकाशित मिति : २०८२ पुष १४, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।

अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले बतायो ।



कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो ।

रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् ।