भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ ले सन् २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीले टिकटक अब केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालीहरूका लागि दैनिक जीवनसँग जोडिएको उपयोगी खोज प्लेटफर्म बन्दै गएको संकेत गर्छ।
टिकटकका अनुसार नेपाली प्रयोगकर्ताहरूले दशैँ–तिहारजस्ता चाडपर्व, विभिन्न परिकारका रेसिपी, घुमफिरका गन्तव्यदेखि समसामयिक मनोरञ्जन र संस्कृतिसम्बन्धी विषयहरू व्यापक रूपमा खोजेका छन्। खोजिने मुख्य विषयहरूमा शो–बिज, खेलकुद, संगीत, ट्रेन्डिङ क्षण, खाना र पर्यटन स्थलहरू रहेका छन्।
कम्पनीले ‘टिकटक सर्च’ नेपालमा दिनप्रतिदिन जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै गएको जनाएको छ। टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदका अनुसार प्रयोगकर्ताहरूले भिडियो हेर्ने मात्र होइन, वास्तविक समयमा आवश्यक जानकारी लिने र नयाँ कुरा सिक्ने माध्यमका रूपमा टिकटक प्रयोग गरिरहेका छन्।
टिकटकले सार्वजनिक गरेको सूचीअनुसार २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरू (क्रमबद्ध होइनन्) यसप्रकार छन्:
सबैभन्दा धेरै खोजिएका शो–बिज सेलिब्रेटी
प्रियङ्का कार्की
राजेश हमाल
स्वस्तिमा खड्का
रेखा थापा
मदनकृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
सिम्पल खरेल
आश्मा विश्वकर्मा
रचना रिमाल
अनमोल केसी
आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
सावित्रा भण्डारी ‘साम्बा’
बिमल घर्ती मगर
दीपेन्द्रसिंह ऐरी
केलियन एम्बाप्पे
लियोनल मेस्सी
सबैभन्दा धेरै खोजिएका ठाउँ
मुस्ताङ
मनाङ
नर्थ अन्नपूर्ण बेस क्याम्प
पशुपतिनाथ मन्दिर
भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी शो वा चलचित्र
बिग बोस
परान (चलचित्र)
जेरी अन टप (चलचित्र)
जारी–२ (चलचित्र)
रोडिज सिजन–७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षण
तीज
कुकुर तिहार
मिस ग्रान्ड नेपाल
रुटिन अफ नेपाल बन्द
एनपीएल सिजन–२
सबैभन्दा धेरै खोजिएका गीत/साउन्ड ट्र्याक
ठुमक ठुमक जानीए माहिए दे नाल
आइसक्रिम खाउंगी काश्मिर जाउंगी
माया गर्नु ल (जोन चाम्लिङ)
वाक्क लाग्दो संसार
सारी लाएर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना/रेसिपी
हत्क्युला फ्रुट
स्टिम चिकेन रेसिपी
सेलरोटी रेसिपी
सिंगडा रेसिपी
पक्कु रेसिपी
यो सूचीले नेपाली प्रयोगकर्ताहरू टिकटकलाई मनोरञ्जनसँगै सूचना, संस्कृति र जीवनशैलीसँग जोडिएको डिजिटल खोज प्लेटफर्मका रूपमा अपनाउँदै गएको स्पष्ट देखाउँछ।