११ दिनदेखि अनशनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । सम्झौतासँगै उनीहरूले ११औँ दिनमा अनशन तोडेका छन् ।
सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनशन तोडाएकी छिन्।
जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग भुसाल अनशन मा बसेका थिए ।